झापा , साउन २८ ।श्रीमती रेशिकालाई मारेर सुँगुरको खोरभित्र गाडेर फरार भएको भनिएका तेह्रथुम आठराई गाउँपालिका–१ डाँडागाउँका राजकुमार श्रेष्ठ झापाको काँकडभिट्टाबाट पक्राउ परेका छन् ।


२६ वर्षीया श्रीमती रेशिकाको हत्या आरोपमा उनलाई काँकडभिट्टा प्रहरीले शनिबार अपराह्न पक्राउ गरेको हो । काँकडभिट्टाको एउटा होटलमा लुकीछिपी बसेको अवस्थामा श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक राजन चापागाईँले बताए ।

श्रेष्ठलाई आइतबार तेह्रथुम लगिँदैछ । साउन १४ गतेदेखि हराइरहेकी श्रेष्ठको शव उनकै पसल पछाडि सँगुरको खोरमा गाडेको अवस्थामा शनिबार फेला परेको थियो ।

घटनापछि श्रेष्ठका श्रीमान राजकुमार साउन २४ गतेदेखि सम्पर्कविहीन थिए । प्रहरीले श्रेष्ठको हत्या श्रीमानबाटै भएको हुनसक्ने भन्दै राजकुमारको खोजी गरिरहेको थियो । श्रेष्ठ दम्पतीका ७ वर्षीया एक छोरी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्