बिर्तामोड ,साउन २८ । नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवका अवसरमा आइतवार बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।


इलाका प्रहरी कार्यालय अनारमनीद्वारा बिर्तामोडको दुर्गा मन्दिरमा आयोजित रक्तदान कार्यक्रममा ४७ जनाले रगत दान गरेका थिए । इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख, प्रहरी नायव उपरीक्षक सुरज कार्कीले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको थियो । नेपाल प्रहरी श्रीमती संघको वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्