एजेन्सी । अभिनेता अक्षय कुमारले भारतीय नागरिकता पाएका छन् ।

उनले आफ्नो ट्वीटरमा भारतीय नागरिकता प्रमाणपत्रको तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन्। अक्षय कुमारले नागरिकताको तस्बिर सेयर गर्दै लेखेका छन्, ’ दिल र नागरिकता दुवै हिन्दुस्तानी हुन्। स्वतन्त्रता दिवसको शुभकामना। जय हिन्द।’ अक्षय कुमार अहिलेसम्म क्यानडाका नागरिक थिए । सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताहरूले अक्षय कुमारको नागरिकतामाथि प्रश्न उठाइरहेका छन्। हालै अक्षय कुमारले एक अन्तर्वार्तामा आफूले भारतीय नागरिकताका लागि आवेदन दिएको र चाँडै नै यसबारे थप जानकारी दिने बताएका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्