झापा , साउन ३१ । भैंसी चोरीको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मधुवनीग्राम पंचायत लालमनियाथाना लौकाह-२ का ३० वर्षीय दिपुकुमार भिमदवार यादव रहेका छन् । मंगलबार बेलुकी त्रियुगा नगरपालिका-५ देउरीका धुव्रबहादुर खड्काको गोठमा बाँधेको भैसी चोरी गरी लैजाँदै गरेको इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीको टोलीले यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए । आरोपितले अर्को गाउँमा मेरो भैंसी ७५ हजारमा किन भन्दै हिंडेका अवस्थामा भैंसीसहित पक्राउ परेको उनले बताए । यादवलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया सुरु गरिएको डिएसपी चौधरीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्