झापा , भदौ १ । कोशी प्रदेश नामांकन खारेजीको आन्दोलनले चर्चा पाइरहेका बेला ‘किरात लिम्बुवान’को नाममा चन्दा आंतक शुरु भएको छ ।

आन्दोलनको अगुवाई गरिरहेको प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिको नाममा केही व्यक्ति तथा समूहले चन्दा उठाउने कामलाई तीब्रता दिएका हुन् । किरात लिम्बुवानको नाममा रसिद बनाई प्रदेश नं. १ को नामांकनको आन्दोलनमा घाइते भएकाहरूलाई उपचार गर्ने भनेर आर्थिक सहयोग उठाईरहेको पाइएको छ ।

चन्दा रसिद

अनधिकृत रुपमा चन्दा उठाउने कार्यप्रति प्रदेश नं. १ पुनः नामांकन संयुक्त संघर्ष समितिले आपत्ति जनाएको छ । समितिका सचिव सेसेहाङ् फियाक लिम्बूले एक सार्वजनिक सूचना जारी गरी झापा जिल्लामा घाइते योद्धाको उपचार रकम उठाउने वा जनमानसबाट रकम संकलन गर्ने कुनै पनि कार्यक्रम नभएको स्पष्ट पार्दै यस किसिमको अनधिकृत रूपमा रसिद लिएर आउने कुनै पनि व्यक्तिलाई आर्थिक सहयोग नगर्न अपिल गरेका छन् । उनले किरात लिम्बुवानको नाममा रसिद लिएर जिल्लाभरि नै अनधिकृत रुपमा चन्दा उठाउने कार्य भइरहेको बताए ।जसबाट कोशी प्रदेश नामांकन खारेजीको आन्दोलन अन्यौल र बद्नाम हुनेतर्फ उनले सबैलाई सचेत गराएका छन् ।

पहिचानवादीहरुको आन्दोलनमा घाइते भएका सबैजना उपचारपछि घर फर्किएका छन् । काठमाडौमा गजेन्द्र फागोको मात्र उपचार भइरहेको जनाइएको छ । यसअघि पनि चन्दा आतंकले गर्दा नै लिम्बुवान आन्दोलन बद्नाम हुनुका साथै असफल बनेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्