शिवसताक्षी, भदौ १ । शिवसताक्षी नगरपालिकाको कार्यवाहक नगरप्रमुखको जिम्मेवारीबाट वडाध्यक्ष विष्णु प्रसाईलाई हटाइएको छ ।

उनलाई नगर प्रमुख मेगाहाङ्ग थोप्रा रोशनले साउन ३१ देखि भदौ ५ सम्म ७ दिनका लागि कार्यबाहक नगरप्रमुखको जिम्मेवारी दिएका थिए । तर, वडाध्यक्ष प्रसाईलाई भोलि शनिवार अर्थात ४ दिनमै कार्यबाहकको जिम्मेवारीबाट हटाइएको हो । भोलि शनिवार विदा परेकाले उनले तीन दिन मात्र कार्यबाहक भएर नगरपालिका चलाउन पाएका छन् ।

जापानमा रहेका नगरप्रमुख थोप्राले प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईलाई वडाध्यक्ष प्रसाईलाई शनिवारसम्म मात्र कार्यबाहकको जिम्मेवारी दिनु भन्ने पत्र पठाएको उपप्रमुख नरमाया कार्कीले बताइन् । वडाध्यक्षको कार्यबाहक सकिएपछि पदको हिसावले उपप्रमुख कार्कीले स्वतः कार्यबाहक भएर चलाउन पाउने नियम रहेको बताइएको छ । जापान भ्रमणमा गएका नगर प्रमुख थोप्राले साउन ३१ देखि भदौ ५ सम्म ७ दिनका लागि शिवसताक्षी वडा नम्बर ४ का वडाध्यक्ष प्रसाईँलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए ।वडाध्यक्षलाई स्थानीय सरकार सञ्चालन ऐनविपरित कार्यवाहक दिएकोमा आलोचना समेत भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्