झापा, भदौ ३। इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा शनिबार ललितपुरको गोदावरीमा भएको अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स’को उपाधि क्रमशः सिक्किमका प्रीतम राई र थाइल्याण्डकी खुसी कार्कीले जितेका छन् ।


उपाधि जितेसँगै दुबैजनाले नगद रु एक÷एक करोड प्राप्त गरेका छन्। शनिवार राति सम्पन्न ग्रान्ड फिनालेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनीहरुलाई पुरस्कार प्रदान गरेका थिए।
यो नेपालकै सबैभन्दा ठूलो धनराशिको रियालिटी शो हो । फाउन्डेशनले विश्वभर छरिएर रहेका नेपाली भाषीलाई समेटेर रियालिटी शो आयोजना गरेको हो ।

फिनालेमा प्रधानमन्त्री प्रचण्डले यस्ता कार्यक्रमले नेपाली भाषा, सँस्कृति संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याउने बताए । कार्यक्रममा सभामुख देवराज घिमिरेलगायत नेपाल सरकारका मन्त्री एवं उच्च पदस्थ अधिकारीहरुको सहभागिता थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्