झापा, भदौ ३ । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन्।

लगातार संसद अवरुद्ध भएपछि गतिरोध अन्त्य गर्ने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाएका हुन्।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले मंगलबार बिहान साढे ८ बजेका लागि बैठक बोलाएको बताए। बैठकमा संसदमा सहभागी सबै दलका प्रतिनिधिलाई बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ।
सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ। संसद गतिरोध अन्त्य गर्ने विषयमा राष्ट्रपति पौडेलले यसअघि पनि प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग छलफल गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्