झापा, भदौ ३ । झापाको बुद्धशान्तिमा हिजो बिहान कर्णाली एजुकेशन फाउन्डेसनको मे १ क ८६० नम्बरको स्कुल बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी बालिकाको मृत्यु भएको छ ।

गंभीर घाइते आठ वर्षीया समीक्षा बस्नेतको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका अनुसार समीक्षाको आज बिहान ३ बजेतिर बिएन्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा मृत्यु भएको हो ।

आमा रिता बस्नेतले हाँकेको साइकलको पछाडि बसेकी उनलाई बुद्धशान्ति गाउँपालिका–३ स्थित जयपुर – बुधबारे सडकखण्डमा सो बसले ठक्कर दिएको थियोे । दुर्घटनामा समीक्षासहित ३५ वर्षीया आमा रिता र ५ वर्षीय भाइ सन्दीप घाइते भएका छन्।उनीहरूको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । रिता र सन्दीपको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । रिताको बाँयापट्टी कम्मरमा र सन्दीपको बाँयाखुट्टामा चोट लागेको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काका अनुसार बस चालक बुद्धशान्ति–१ का ३५ वर्षीय मदन घिमिरेलाई इलाका प्रहरी कार्यालय बुधबारे हिजो नै नियन्त्रणमा लिइसकेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्