झापा, भदौ ४ । भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहमा बन्दी बालबालिकाहरूको प्रदर्शनको क्रममा झडप हुँदा ६ जना बन्दी र १२ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

सुधार गृहको गेट तोडफोड गरी सोमबार दिउँसो ठूलो संख्यामा बन्दीहरू भाला, खुकुरीलगायतका हतियार बोकेर प्रदर्शन गरेका थिए ।

सोही क्रममा सुरक्षाकर्मीसँग झडप हुँदा ६ जना बन्दी र प्रहरी निरीक्षक सञ्जीव ओलीसहित १२ जना सुरक्षाकर्मी घाइते भएका हुन् । ओलीको अहिले मध्यपुर अस्पताल ठिमीमा उपचार भइरहेको छ ।
यस्तै घाइते बन्दीमध्ये एक जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । अन्यलाई महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि पठाइएको छ ।

भाग्नेमध्ये ८४ जना बन्दीलाई भने प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । आइतबार सुधारगृहमा एक जनाको मृत्यु भएपछि त्यहाँ मृतकका आफन्तले आइतबार नै प्रदर्शन गरेका थिए । भित्र रहेका अन्य अधिकांश बालबालिकाले पनि सोमबार प्रदर्शनकारीलाई साथ दिँदै तोडफोड गरी भागेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्