झापा, भदौ ४ । झापामा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण दिनानुदिन भयावह रुपमा बढ्दै जानेक्रममा थप एकजनाको मृत्यु भएको छ ।

कन्काई नगरपालिका ३ सुरुङ्गाकी करिव ५० वर्षिया महिलाको डेंगी संक्रमणबाट मृत्यु भएको हो । हिजो बेलुकादेखि बिर्तासिटी हस्पिटलको आइसियु भेन्टिलेटरमा डेंगी संक्रमित पवित्रा श्रेष्ठको उपचार भइरहेको थियो । आज साँझ उनको मृत्यु भएको आफन्त तिलरुपा श्रेष्ठले बताइन् । विरामी श्रेष्ठलाई डेंगी पोजिटिभ देखिएको र त्योसंगै अन्य पनि समस्या रहेको बिर्तासिटी हस्पिटलले जनाएको छ ।

योसंगै साउन महिनायता डेंगी संक्रमणबाट झापामा चार जनाको मृत्यु भइसकेको छ । त्यस्तै भदौ ४ गतेसम्म झापामा डेंगी संक्रमितको संख्या १२३८ पुगेको छ । ३ हजार ७४८ जनाको परीक्षण गर्दा त्यति जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमितमध्ये हाल ३३ जना अस्पतालमा उपचाररत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्