झापा, भदौ ५ । कमल गाउँपालिका वडा नं २ का वडाध्यक्ष अशोक सुब्बालाई कार्यवाहकको जिम्मेवारी निर्वाह नगर्न उच्च अदालत विराटनगर इलामले अन्तरिम आदेश जारी गरेको छ ।

गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले ऐनविपरित वडा नं २ का वडाध्यक्ष अशोक सुब्बालाई कार्यवाहकको जिम्मेवारी दिएर जापान भ्रमणमा गएपछि उपाध्यक्ष प्रमिला न्यौपानेले अदालतमा रिट निवेदन दिएकी थिइन् । न्यायाधीश सोमकान्त मैनालीको एकल इजलासले रिट निवेदनको टुंगो नलागेसम्म अध्यक्ष राईले कामकाज गर्न वडाध्यक्ष सुब्बालाई दिएको पत्र कार्यान्वयन नगर्नू नगराउनू यथास्थितिमा राख्नू भन्ने आदेश दिएको हो । अध्यक्ष राईले कार्यालयको काम विशेषले भदौ १ गतेदेखि आफू नआएसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी पुरा गर्न वडाध्यक्ष सुब्बालाई अख्तियारी दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्