भद्रपुर, भदौ ८ । नेपालमा साईवर कानुन तथा अदालती अभ्यासका बारेमा एकदिने अन्तरक्रिया कार्यक्रम झापाको चन्द्रगढीमा सम्पन्न भएको छ ।


नेपाल बार एशोसिएसन झापाको आयोजना तथा डेल्टा ल पार्टनर्स माईतीघरको संयोजनमा एशोसिएसनको सभाहल चन्द्रगढीमा शुक्रबार भएको कार्यक्रमको सहजीकरण अधिवक्ता बाबुराम अर्यालले गरेका थिए । उनले साईबर कानुनको अबधारणा, इतिहास, प्रचलित कानुन र यसको प्रयोगका बिषयमाथि प्रकाश पार्दै उजुरी, जरिवाना तथा कारवाहीका बारेमा जानकारी दिएका थिए ।

झापा वारका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बारका सदस्य लक्ष्मीप्रसाद सिवाकोटी र उद्धेश्यमाथि प्रकाश उपाध्यक्ष भिम बरालले गरेका थिए कार्यक्रममा प्रमुख अतिथि वार एशोसिएसनका केन्द्रीय उपाध्यक्ष सुरज खत्री,जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीलगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा झापाका कानुन व्यवसायीहरु,जिल्ला प्रहरी कार्यालय झापाअन्तर्गत अनुसन्धान अधिकृतहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्