झापा,भदौ १० । पाँच वर्षको लागि जनताको अमूल्य मत लिएर बिर्तामोड नगरपालिका वडा नं १० को वडा सदस्य बनेका पंचधन राई एक वर्षमै राजीनामा दिएर कोरिया पुगेका छन् ।

उनले जेठ १ गते पदबाट राजीनामा दिएका हुन् । त्यसबारे आफूले बिर्तामोड नगरपालिकालाई जानकारी गराइसकेको वडा अध्यक्ष दुर्याेधन गुरुङले बताए ।नेपाली कांग्रेसका तर्फबाट निर्वाचित राईले राजीनामा दिएपछि बिर्तामोड १० को वडा समिति ४ जनामा सीमित भएको छ । एक वर्षमै रिक्त भएपनि वडा सदस्य पदको लागि उपनिर्वाचन गराउने व्यवस्था नरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्