बिर्तामोड, भदौ १२ । झापाको बिर्तामोडमा माछा मार्ने क्रममा पैनीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका– १० स्थित तेलगानी निवासी २६ वर्षीय दिनेश हस्दा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान हस्दा घरनजिकैको पैनीमा माछा मार्न गएका थिए । माछा मार्ने क्रममा पैनीमा डुबेर बेहोस भएका उनलाई तत्काल उद्धार गरी अस्पताल लगिएको थियो ।

उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा इलाका प्रहरी कार्यालय अनारमनीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्