झापा, भदौ १२ । चोरी गरी फरार भएका झापा कनकाई नगरपालिका वडा नं ५ चप्रामारी बस्ने २१ वर्षिय अन्जर आलम पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो पक्राउ गरेको हो । झापा जिल्ला अदालतको गत बैशाख २५ गतेको फैसला अनुसार चोरी मुद्दामा उनलाई ६ महिना कैद , ५हजार रुपैयाँ जरिवाना र २०० रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय सुनाइएको थियो ।

फरार रहेका उनलाई पक्राउ गरी आज झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्