झापा,भदौ १४ । सरसफाईका क्षेत्रमा ठूलो योगदान दिएका झापाका अभियन्ता रुद्र न्यौपानेको निधन भएको छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाका पूर्व कर्मचारी न्यौपानेको करिव ६४ वर्षको उमेरमा गएराति ११ बजेर ३८ मिनेटमा घरमै निधन भएको हो । अर्जुनधारा ९ निवासी न्यौपाने विगत ६ महिनादेखि थला परेका थिए । उनी प्यारालाइसिस , ट्युमर , क्यान्सरलगायतका रोगले ग्रसित थिए ।

झापालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्न उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । सेवानिवृत भइसकेपछि पनि उनले क्लिन नेपाल संस्था खोलेर सरसफाईका क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्