मेचीनगर, भदौ १४ । मेचीनगर १० स्थित धुलाबारीमा कोशी प्रदेश सांसद सविना बजगाईका छोरा हिमाल बजगाई लागूऔषधसहित पक्राउ परेका छन् ।

प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजाको कारोवार गरिरहेको अबस्थामा मेचीनगर १० का ३४ वर्षिय नवी मिया चुरौटे , प्रदेश सांसदका छोरा २५ वर्षिय हिमाल बजगाई र २५ वर्षकी स्मृति लिम्बूलाई पक्राउ गरेको हो ।

विशेष सूचना पाएर इलाका प्रहरी कार्यालय धुलावारीको टोलीले नवी मियाको घरमा छापा मार्दा १ केजी ७०० ग्राम गाँजा फेला परेको थियो । गाँजालाई प्याकेटमा हालेर बिक्री गर्नका लागि राखिएको थियो । प्रहरी स्रोतका अनुसार लागूऔषध राखिएको कोठामा तीनैजना फेला परेका थिए ।

ती तीनैजनालाई पक्राउ गरी इप्रका धुलावारी लगिएको छ । मिया लागूऔषधको कारोवारी भएकाले उसलाई मुद्धा चलाउने , अरु दुईजना संगै भेटिएको र लागूऔषध नभेटिएकाले मनोपरामर्श गरी छाडिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्