मोरङ ,भदौ १५ । युट्युव च्यानल युवामन नेपालका संचालक उर्लाबारीका किशोर श्रेष्ठले आफ्नो बारेमा प्रकाशित समाचारलाई लिएर आपत्ति जनाएका छन् ।

सर्वसाधारणसँग पैसा असुलेको विषयमा केही दिनअघि प्रतिदिनडेली डटकममा प्रकाशित समाचारलाई लिएर उनले आपत्ति जनाएका हुन् । उर्लाबारीबाट तेजन खड्काले पठाएको समाचारमा वर्षाैंदेखि हराएका आफन्त ,विदेशबाट श्रीमानले कमाएर पठाएको रुपैयाँ ,पैसा र धनदौलत बोकी फरार भएका महिला एवम् बैदेशिक रोजगार जानेक्रममा एजेन्टबाट ठगिएका सर्वसाधारणसँग घुमाउरो पाराले ठगी गर्ने गरेको उल्लेख गरिएको थियो ।

उनले नियत राखेर निराधार ,कपोकल्पित र भ्रामक समाचार प्रेषित भएको भन्दै त्यस समाचारको खण्डन गरेका छन् । उनले आफूले स्वच्छ र मर्यादित पत्रकारिता गरिरहेको बताउँदै अन्य पेशाकर्मीहरुलाई पनि त्यसरी नै पत्रकारिता गरिदिन आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्