झापा, भदौ १५ । नेपाली महिला राष्ट्रिय टिमले वुमेन्स ट्वान्टी–२० विश्वकप छनोटको शुक्रबार भएको खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको छ ।

मलेसियामा शुक्रबार भएको खेलमा बहराइनले प्रस्तुत गरेको ३२ रनको लक्ष्य पाएको नेपाल १७ बलमै त्यहाँसम्म पुगेको थियो ।
कविता कुँवरले १४ बलमा १७ रन बनाइन् र तीन चौका प्रहार गरिन् । यस्तै, सीता रानागमरले दुई रन बनाइन् र नेपाल २.५ ओभरमा विना कुनै विकेटको क्षति जितसम्म पुगेको थियो ।

नेपालकी कविता कुँवर र सीता राना मगरले क्रमशः १७ र २ रन बनाएका थिए । खेलमा नेपालले १३ अतिरक्त रन पाएको थियो । यसअघि खेलमा टस जितेर ब्याटिङ गरेको बहराइनले १५.४ ओभरमा ३१ रन बनाउँदै अल आउट भएको थियो ।त्यसमा रसनगिका हेराथले ११ रन बनाइन् र उनी नै दोहोरो अंक छुने एक मात्र ब्याटर रहिन् ।

खेलमा इन्दु बर्माले ३ विकेट र खुसी डंगोलले २ विकेट लिए भने भने कविता कुँवर, रुबिना क्षेत्र र पूजा महत्तोले एक÷एक विकेट लिए । यसअघि बिहीबार भएको खेलमा पनि नेपालले मलेसियालाई ५ रनले हराएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्