झापा, भदौ १६ ।नेपाल डेन्टल एशोसिएसन झापाको अध्यक्षमा डा.मुकेश साह निर्वाचित भएका छन् ।


हिजो भएको झापा डेन्टल एशोसिएसनको निर्वाचनमा डा. रत्नकुमार मिश्रलाई फराकिलो मतान्तरले हराउँदै साह निर्वाचित भएका हुन् । साहले १७ मत ल्याउँदा मिश्रले मात्र एक मत पाएका छन् । त्यस्तै अन्य पदहरुमा निर्विरोध भएको थियो ।

अध्यक्ष साहसहित ९ सदस्यीय कार्यसमितिमा उपाध्यक्षमा डा.नवनित झा,सचिवमा डा.अक्कलकुमार गुरुधानी,सह–सचिवमा डा.शिला भण्डारी ,कोषाध्यक्षमा डा.प्रज्वल पौडेल तथा सदस्यहरुमा डा.पवनकुमार सिंह,सुम्निमा रिमाल,नेहाल मैनाली,प्रियंका रौनियार निर्विरोध चयन भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्