बिर्तामोड, भदौ १७ । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी, विशेष रुपान्तरण अभियान’ संचालन गरेकै दिन झापा बिर्तामोडका ७१ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

अभियान उद्घाटनकै दिन ती नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका हुन् । लामो समयदेखि कम्युनिष्ट भएर माओवादी पार्टीमा संलग्न रहँदै आएका उनीहरुले सामूहिक रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । समाजवादी बाटोमा अघि बढ्ने संकल्प गर्दै शनिवारबाट उनीहरुले पार्टी परित्याग गरेका छन् ।

पार्टी परित्याग गर्नेमा जिल्ला कमिटी सदस्य प्रकाश भारती, बिर्तामोड–४ का पार्टीका वडाध्यक्ष गोपी अधिकारी, वडा सचिव शंकर गौतम, नगर सदस्य नन्दीकेशर पोखरेल, झलक राजवंशी, वडा नम्बर १ उपाध्यक्ष कुमार काफ्लेलगायत पार्टीको बिभिन्न तह र तप्काका जिम्मेवारीमा रहेका ७१ जना नेता तथा कार्यकर्ता रहेका छन् ।
उनीहरुले जारी गरेको पार्टी परित्याग घोषणापत्रमा भनिएको छ –‘आजदेखि नेकपा माओवादी केन्द्र परित्याग गरेको घोषणा गर्दछौं ।’
उनीहरुले परित्याग गरेको पत्रमा नाम, पार्टीको जिम्मेवारी र हस्ताक्षरसमेत रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्