झापा, भदौ १७ । झापाको दमकमा एक ट्रयाक्टर अवैध काठसहित एक व्यक्ति पक्राउ परेका छन् ।

आइतवार दिउँसो १ बजेको समयमा दमक नगरपालिका वडा नं. १० मा मे. १ त.७८१९ नं. को ट्रयाक्टरमा धगेरो जातको काठको गोलिया ३ थान र साल जातको काठको गोलिया ६ थान अन्दाजी ३३.६१ क्यु.फिट काठ लोड गरी लाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

चेकजाँच गर्दा आवश्यक कागजपत्र नभएकोले उक्त काठ,ट्रयाक्टर र ट्रयाक्टर चालक दमक नगरपालिका वडा नं. १० बस्ने ४३ वर्षिय त्रिलोचन न्यौपानेलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि डिभिजन बन कार्यालय चन्द्रगढीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्