झापा, भदौ १९ । सिनामंगलबाट बरामद भएको ६१ किलो सुन तस्करीमा संलग्न गिरोहसँग कनेक्सन देखिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग सोधपुछ गरेको छ ।


सीआईबीले दिउँसो उनलाई बोलाएर सोधपुछ गरेको हो । सुन तस्करीमा जोडिएको चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पूर्वउपराष्ट्रपति परिवारको सम्पर्क सम्बन्ध सार्वजनिक रुपमा नै देखिएको छ । त्यसैले यो तस्करी प्रकरणमा दिपेश पनि प्रहरी अनुसन्धानको दायरामा आएका हुन् ।

दावा छिरिङसँग दिपेशको व्यापारिक साझेदारी नै रहेको कतिपय रिपोर्टहरु आइरहेका छन् । छिरिङले रोल्पाकी अमला रोकामगरसँग विवाह गरेका छन् । त्यही सम्बन्धको आधारमा पुनको परिवार र छिरिङबीच उठबस छ । छिरिङसहित चिनियाँ टोलीलाई लिएर दिपेश गोसाइँकुण्डसम्मको हवाईयात्रामा गएको पनि सार्वजनिक भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्