झापा, भदौ १९ । कर्तव्य गरी फरार रहेका मेचीनगर १० बस्ने ५६ वर्षिय नरेन्द्र भन्ने देबेन्द्र खरेल पक्राउ परेका छन् ।

उनलाई पूर्णकालिन दस्ता झापाद्वारा मंगलवार पक्राउ गरिएको हो । कृष्णकुमार राईको जाहेरीले कर्तव्य ज्यान मुद्धामा खरेललाई पाँचथर जिल्ला अदालतबाट मिति २०६९ असोज १८ गते भएको फैसलाले २० बर्ष कैद सजाय सुनाइएको थियो ।

त्यस्तै उच्च अदालत विराटनगर इलाम इजलासले मिति २०७८ बैशाख १३ गते सोही फैसलालाई सदर गर्ने फैसला गरी पाँचथर जिल्ला अदालतबाट झापा जिल्ला अदालतमा लगत प्राप्त भई झापा जिल्ला अदालतको लगत नं.२७१४ मा लगत कायम भएका खरेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए ।

उनलाई प्रतिवेदनका साथ झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइ अदालतको आदेशले कैद भुक्तानको लागि झापा कारागार पठाइएको डीएसपी रिजालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्