झापा, भदौ २१ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको डेंगु संक्रमणका कारण मृत्यु भएको छ।


डेंगु भएपछि निमोनिया पनि देखिँदा उनी गम्भीर बिरामी परेका थिए। धापासीस्थित ग्रान्डी अस्पतालको भेन्टिलेटरमा उनको उपचार भइरहेको थियो।काठमाडौं क्षेत्र नम्बर ७ मा कांग्रेस सभापति समेत रहेका उनको मृत्यु भएको पुष्टि कांग्रेस नेतृ सिर्जना सिंहले गरेकी छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्