झापा, भदौ २१ । झापाका ६ ठाउँमा आज श्रीकृष्ण रथयात्रा निकालिने भएको छ ।

दमक , गौरादह , भद्रपुर , शरणामति , बिर्तामोड र गौरीगञ्जमा रथयात्रा निकालिने भएको हो । दमकमा २ बजे , गौरादहमा १२ बजे , भद्रपुरमा १० बजे , शरणामतिमा १० बजे , बिर्तामोडमा ३ बजे र गौरीगञ्जमा २.३० बजे रथयात्रा निकाल्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । रथयात्राका क्रममा कुनै पनि आपराधिक घटना हुनसक्ने भएकाले त्यसतर्फ सजगता अपनाउन जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्