कुमरखोद ,भदौ २१ । झापा गाउँपालिकाबाट सशस्त्र प्रहरीले १२ वटा चौपाया नियन्त्रणमा लिएको छ ।                                           

नेपालबाट भारततर्फ अवैध रुपमा चौपाया तस्करी गरी लैजान खोज्दा १२ वटा गोरु सशस्त्र प्रहरीले आज बिहान ९ बजेतिर झापा गाउँपालिका वडा नं १ सालमाराको सीमा नजिकबाट नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा टाँघनडुब्बा सशस्त्र विओपी बेस क्याम्पबाट प्रहरी निरीक्षक दिपेन्द्रमणि राईको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिएको थियो । ती १२ वटा गोरुलाई मेची भन्सार कार्यालय पठाईसकेको विओपीका इन्चार्ज राईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्