बिर्तामोड, भदौ २२ । न्यूटन्स् बाल क्लबले अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

बिर्तामोड नगरपालिका वडा नम्बर ५ स्थित न्यूटन्स् एजुकेशन एकाडेमीमा रहेको क्लबले नगरभित्रका सामुदायिक तथा संस्थागत माध्यमिक तहका विद्यार्थीबीच सो प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा बाल्मीकि एजुकेसनका शीतोष्णा तिम्सिना प्रथम , लिटल फलावर्स इङ्गिलस स्कूलका अमन पौडेल द्वितीय ,मोहनमाया माध्यमिक विद्यालयका एलिना तिम्सिना तृतीय र न्यूटन्स् एकाडेमीका रोनिशा दाहाल सान्त्वना भएका छन् । बिजेताहरुले क्रमशः ५ हजार,३ हजार,२ हजार र एक हजार तथा प्रमाणपत्र प्रदान गरिएको फोकल पर्सन मिनु शिवाकोटीले जानकारी दिईन् ।

विश्व साक्षरता दिवस तथा बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा क्लबका उपाध्यक्ष युसन उप्रेतीको अध्यक्षता तथा शिक्षा शाखा अधिकृत दिनेश आचार्यको प्रमुख आतिथ्य रहेको थियो ।
क्लबका कोषाध्यक्ष कृषा न्यौपानेले स्वागत गरेको कार्यक्रममा बालबालिका तथा शिक्षा संचार मञ्च संयोजक सरोज पौडेल ,प्याब्सन नगर अध्यक्ष उत्तम खनाल, शिक्षक महासंघ नगर अध्यक्ष युवराज कट्टेलले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममाथि प्रकाश पार्दै प्रधानाध्यापक देबेन्द्र हुमागाईले बालबालिकाको क्षमता प्रस्फुटन गर्न र वाक कलाको विकासमा सहयोग पुग्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताए ।
विजयीहरुलाई संस्थापक तथा विद्यालय ब्यवस्थापन समिति अध्यक्ष धर्मा पराजुली प्रसाईले नगद तथा प्रमाणपत्र प्रदान गरेकी थिइन् । १८ वटा विद्यालय सहभागी रहेको कार्यक्रमको संचालन शिक्षक पबित्रा पौडेलले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्