बसले स्कुटरलाई ठक्कर दिँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

झापा, भदौ २३ । धरान–१३ जिरोप्वाइन्टमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको गाडीले आफ्नै कर्मचारी सवार स्कुटरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

बीपी जयन्तीको अवसरमा आयोजित दौड प्रतियोगितामा भाग लिन पुगेकी प्रतिष्ठानमा कार्यरत कर्मचारी अम्बिका माखिम र उनका पति प्रभुदयाल चौधरी सवार स्कुटरलाई प्रतिष्ठानकै बसले ठक्कर दिँदा अम्बिकाको मृत्यु भएको हो । उनका पति चौधरी घाइते भएका छन् ।

बिपी प्रतिष्ठानको को१क ११५९ नम्बरको बस ब्रेक फेल भइ प्रदेश १ ०–०२–०५२ प १९५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । स्कुटरलाई ठक्कर दिएको बस विद्युतको पोलमा ठोक्किएर रोकिएको छ ।
स्कुटरमा सवार अम्बिकाको घटनास्थलमै मृत्यु भएको प्रतिष्ठानका चिकित्सक उपेन्द्र यादवले जानकारी दिए । आज प्रतिष्ठानको ३०औं स्थापना दिवसको अवसरमा कार्यक्रमको आयोजना गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्