झापा, भदौ २३ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ३० औं वार्षिक उत्सव मनाउने तयारी गर्दागर्दै शनिबार प्रतिष्ठानकै बसले ठक्कर दिएर आफ्नै एक महिला कर्मचारीको मृत्यु भएपछि सबै कार्यक्रम स्थगित गरिएको छ ।

प्रतिष्ठानको को १ क ११५९ नम्बरको बसले प्रदेश १– ०–०२–०५२ प १९५२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा इन्सिनिरेटर विभागका कार्यरत २६ वर्षीया अम्बिका माखिम लिम्बूको मृत्यु भएको हो ।

प्रतिष्ठानको ३० औं स्थापना दिवसको अवसरमा ‘रन द माइल्स, फिल द स्माइल’ कार्यक्रमका लागि म्याराथनमा सहभागीहरुलाई धरान रंगशालामा पु¥याएर फर्कने क्रममा जिरोपोइन्ट घुम्तीमा सो बसले अम्बिकाका पति २९ वर्षीय प्रभुदयाल चौधरी र अम्बिका माखिम लिम्बू चढेको स्कुटरलाई ठक्कर दिएको थियो । अम्बिकाको घटनास्थलमै मृत्यु भएको थियो भने उनका पति चौधरी सख्त घाइते भइ प्रतिष्ठानमा उपचारका लागि पु¥याइएको प्रतिष्ठानले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका असई वीरबहादुर कार्कीकाअनुसार दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको छ । बसको ठक्करले को १ च ८१०८ नम्बरको भ्यानमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्