झापा, भदौ २३ । बाबुआमा दुवैजना बेपत्ता भएको वर्षौ भइसकेर कुनै अत्तोपत्तो नलागेपछि बिर्तामोड ४ को सेडाई परिवारले कुशको विधिबाट अन्त्येष्टि गर्ने भएको छ ।

बिर्तामोड १० सैनिकबजार (पथ्थरभिट्टा) मा अस्थायी बसोबासकै समयमा शशिधर सेडाई २०२८ फागुनमा ७२ बर्षको उमेरमा हरिद्वार भारत जान्छु भनी हिँडेकोमा हालसम्म सम्पर्क आएका छैनन् ।

त्यस्तै उनकी श्रीमती छलीमाया सेडाई २०६० सालदेखि मानसिक समस्या भई घोपामा उपचारको क्रममा २०६८ साल फागुन १८ गते ८८ बर्षको उमेरमा घरबाट हिँडी सम्पर्कविहीन भएकी छन् । धेरै खोजतलास गर्दा पनि दुवैलाई फेला पार्न नसकेको सेडाई परिवारले जनाएको छ । हाल आएर उनीहरुको उमेर १०० बर्ष पुगेकाले र अब फर्किने आशा नरहेकाले भदौ २८ गते कुशे औंशीका दिन दुवैजनाको कुशको विधिबाट दाहसंस्कार गरी काजकिरिया गरिने छोरा बिर्तामोड ४ निवासी घनश्याम सेडाईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्