झापा, भदौ २४ । जेन्युन एजुकेशन एण्ड भिसा सर्भिसेजले कोशी प्रदेशका तीन स्थानमा एजुकेशन फेयर सम्पन्न गरेको छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई सहजीकरण गर्ने उद्देश्यले सन् २०१६ देखि सञ्चालनमा रहेको सो परामर्शदाता संस्थाले झापाको बिर्तामोड, दमक र सुनसरीको इटहरीमा एजुकेशन फेयर सम्पन्न गरेको हो ।
एक–एक दिवसीय एजुकेशन फेयरअन्तरगत भदौ २१ गते (सेप्टेम्बर ७) मा दमक शाखामा, भदौ २२ (सेप्टेम्बर ८) मा इटहरी शाखामा र भदौ २३ (सेप्टेम्बर ९) मा बिर्तामोडमा विद्यार्थी र अभिभावकलाई विभिन्न विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुले परामर्श दिएका हुन् ।

जेन्युन एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक तथा बिर्तामोड शाखाका प्रोप्राइटर लक्ष्मीकान्त खनालका अनुसार दमकमा ८० जना, इटहरीमा २०० जना र बिर्तामोडमा १०० जना विद्यार्थीहरुले परामर्श लिएका छन् । एजुकेशन फेयर २०२३ मा अष्ट्रेलियाका ५ वटा विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुले परामर्श दिएका थिए । यस्तै, अमेरिका र वेलायतको एक–एकवटा विश्वविद्यालयबाट सहजीकरणका लागि प्रतिनिधिहरु आएका थिए ।

जेन्युन एजुकेशन एण्ड भिजा सर्भिसेजले हालसम्म ६०० जनाभन्दा बढी विद्यार्थीहरुलाई अष्ट्रेलियासहितका देशहरुमा अध्ययनका लागि सहजीकरण गरिसकेको निर्देशक खनालको भनाई छ ।

एजुकेशन फेयरमा परामर्शदाताहरुले सम्बन्धित मुलुकमा अध्ययनका लागि उपयुक्त विषयहरु, कलेज तथा विश्वविद्यालयहरु, शिक्षण शुल्क, बसोबास, हावापानी, रहनसहन, परिवर्तित कानून आदि विषयमा सहजीकरण गरेका थिए ।
अष्ट्रेलियाको मेलवर्न शहरमा मुख्य कार्यालय रहेको जेन्युन एजुकेशन एण्ड भिसा सर्भिसेजले अब चितवन र काठमाडौंमा एजुकेशन फेयर आयोजना गर्ने तयारी गरेको छ । नेपालका यी ५ वटा शहरमा जेन्युन एजुकेशन एण्ड भिसा सर्भिसेजका शाखा कार्यालयहरु सञ्चालनमा छन् ।

अब भदौ २९ गते (सेप्टेम्बर १५) चितवनमा र असोज ३ गते (सेप्टेम्बर २०) मा काठमाडौंमा फेयरलाई निरन्तर सञ्चालन गरिने निर्देशक खनालले जनाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्