झापा,भदौ२४। चीनको छिन्ताओ शहर काठमाडौंसँग सिधा उडानमा जोडिएको छ । हिमालय एयरलाइन्सले आइतबारदेखि काठमाडौं- छिन्ताओ-काठमाडौं रुटमा सिधा उडान थालेको हो ।

कम्पनीका अनुसार अब हरेक आइतबार यस रुटमा हिमालयले उडान गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय अनुसार बिहान ९ः१५ मा प्रस्थान गरेको हिमालयको जहाज छिन्ताओकोे जियाओडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार साँझकोे ५ः२२ बजे अवतरण गर्ने भएको छ । यो उडानको अवधि ५ घण्टा ५० मिनेटको रहनेछ । पहिलो उडानमा कुल यात्रु संख्या एक सय जना छन् ।

यो उडानको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदान किरातीले गरेका छन् । नेपालका लागि चिनियाँ राजदूत चेङ सोङ, हिमालय एयरलाइन्स्का अध्यक्ष झोउ एनयोङ र उपाध्यक्ष विजय श्रेष्ठ समेत उपस्थित थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्