कचनकवल ,भदौ २५ । झापाको कचनकवल गाउँपालिका–७ (फर्साडाँगी)स्थित घरनजिकै खेतमा मोटरबाट पानी फ्याँकी माछा मार्ने क्रममा मोटर सर्ट भई करेन्ट लाग्दा एक जना गम्भीर घाइते भएका छन्।

घाइते हुनेमा सोही स्थानका स्थानका अन्दाजी ५० बर्षीय गोबिन राजवंशी रहेका छन्।

आइतबार दिउँसो ४ बजे करेन्ट लागेर खेतमा लडेको देखेपछि स्थानीयले तत्काल कचनकवल गाउँपालिकाको एम्बुलेन्समार्फत प्राथमिक स्वास्थ्य केन्द्र लगेका थिए । स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि उनलाई भद्रपुरस्थित ओम साई पाथीभरा अस्पताल पठाएको प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्