जनकपुर , भदौ २६ । जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्य एवम् मधेस प्रदेश सांसद विन्दुकुमारी यादवको निधन भएको छ।

प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा ४४ वर्षीया यादवको आज बिहान साढे ८ बजे निधन भएको हो।
उनी दुई वर्ष अघिदेखि पाठेघरको मुखको क्यान्सरबाट पीडित थिइन्। १० दिनदेखि प्रादेशिक अस्पताल जनकपुरको आइसियू कक्षमा भर्ना भएर उपचाररत थिइन्। यादव समानुपातिक सांसद थिइन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्