राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। यो वर्ष ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस मनाउन लागिएको हो।

नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो। त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ।

विसं २०२१ भदौ ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गतेका दिन मनाउन थालिएको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्