![](https://pratidindaily.com/wp-content/uploads/2023/09/mirtyeu.png)
झापा,भदौ३१।भारतको जयपुरमा सुटकेस भित्र एक नेपाली महिलाको शव फेला परेको छ। मानव तस्करले ती महिलाको हत्या गरेर फालेको चित्रकुट प्रहरीले जनाएको छ। भारतीय सञ्चारमाध्यम पीटीआइका अनुसार बिहीबार ३ सय फिट गहिरो खोँचमा ३० वर्षीय ती महिलाको शव फेला परेको थियो। लक्ष्मी नाम गरेकी उनलाई ४ महिला अघि दिल्लीबाट त्यहाँ लगिएको बताइएको छ।
प्रहरीले हत्याको आरोपमा २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३५ वर्षीय सपना मण्डल र ३० वर्षीय सुमन विश्वास रहेका छन्। दुवै जना पश्चिम बङ्गालका हुन्। सपना वेश्यावृत्तिमा संलग्न गरेको बताइएको छ। उनले विभिन्न स्थानबाट महिला ल्याएर होटलमा राख्ने गरेको प्रहरीको भनाइ छ।