झापा,भदौ ३१ । चीनको चच्याङ यिवुमा रहेका गैर आवासीय नेपालीहरुले हरितालिका तीज पर्व धुमधामले मनाएका छन् ।

गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति चच्यांग चीन यिवुले तीज पर्व आयोजना गरेको थियो । प्रवासमा रहेपनि आफ्नो परम्परा र संस्कृतिलाई जगेर्ना गर्दै एकापसमा भेटघाट र मनोरंजन गर्नका लागि कार्यक्रममा दर खानुका साथै मनोरंजन गरिएको आयोजक गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति चच्यांग चीन यिवुका अध्यक्ष आकाश गुरुङले बताए । उनका अनुसार सो कार्यक्रमको संयोजन जीवन मैनालीले गरेका थिए । कार्यक्रममा नेपाली आमा तुलसीमाया मालीको हातबाट टीका ग्रहण गरिनुका साथै मायाको चिनो वितरण गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्