झापा, असोज १ । हरितालिका तीज पर्वको अवसरमा विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समिति बिर्तामोड ३ ले वडास्तरीय तीज नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।

प्रतियोगितामा वार्ड नं ६ की निशा तामाङ प्रथम, वार्ड नं ७ की रोशनी लिम्बू दोस्रो , वार्ड नं ३ की आयुसा अधिकारी तेस्रो र वार्ड नं १ की दृष्टि मित्तल सान्त्वना भएका छन् ।

त्यस्तै तीज नृत्य प्रतियोगितामा कीर्तन मण्डलीतर्फ विराट ज्योर्तिलिङ्ग समाबेशी कीर्तन मण्डली बिर्तामोड ३ विराटपोखरबाट भावना भुजेल गजमेर प्रथम, विराटपोखर महिला समूहबाट सृजना संग्रौला कडरिया दोस्रो,नवदुर्गा कीर्तन मण्डली बिर्तामोड–१० विराटपोखरबाट मुना थापा ओली तेस्रो र मनकामना कीर्तन मण्डली बिर्तामोड ९–१० बाट रन्जु सिटौलाले सान्त्वना पुरस्कार पाएका छन् ।

विराटपोखरी सरोवर बहुउद्देश्यीय विकास समितिका अध्यक्ष ईन्द्र प्रसाईको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईं ,बिशिष्ट अतिथि वडा नं ३ का वडा अध्यक्ष मदन बुढाथोकी ,वडा नं ६ का वडा अध्यक्ष सूर्यप्रसाद कन्दङ्वालगायतको उपस्थिति रहेको थियो।संस्थाका सहसचिव अर्जुन उप्रेतीले गरेको स्वागत गरेको कार्यक्रमको सञ्चालन भावना अधिकारी पाठक र सञ्चारकर्मी लीला अनमोलले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्