कुमरखोद , असोज ३ ।संविधान दिवसको अवसरमा झापा गाउँपालिकाको झापा बजारमा आज सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

ईलाका प्रहरी कार्यालय कुमरखोदको आयोजनामा वडा नं २ अन्तर्गत रहेको दुर्गामाताको मन्दिर , हनुमान मन्दिर , लक्ष्मीनारायण मन्दिर र झापा बजारको सब्जीबजार क्षेत्रमा सरसफाई गरिएको हो ।

सरसफाई कार्यक्रममा वडा नं २ का अध्यक्ष हिमालकुमार चम्लागाई , परिषद सदस्य बाबरी परियार, झापा गाउँपालिका उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोजकुमार गणेश ,सशस्त्र प्रहरी , जनपद प्रहरी , बजार व्यवस्थापन समितिका पदाधिकारी , राजनैतिक दलका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्