बिर्तामोड , असोज ४ । संविधान दिवसको अवसरमा नेपाल वित्तीय संस्थान कर्मचारी संघ एक्सेल डेभलपमेन्ट बैंकले प्रथम अन्तर शाखा फुटसल प्रतियोगिता सम्पन्न गरेको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2023/09/379408912_691296275915987_6727546307660921584_n-1024x768.jpg)
अर्जुनधारामा भएको प्रतियोगिताको फाइनल खेलमा बुधवारे , काँकडभिट्टा , चारआली , खुदुनावारी र धुलावारी शाखा सम्मिलित बी टीमलाई ६–० ले पराजित गरी महानन्द चौक , चारपाने र बिर्तामोड शाखा सम्मिलित इ टीम विजेता बनेको छ । विजेताले १० हजार नगद पुरस्कार पाएको छ भने उपविजेताले ७ हजारमा चित्त बुझाएको छ । प्रतियोगितामा १३ गोल गर्ने इ टीमका निरज ढुंगाना हाइस्कोरर घोषित हुँदै २ हजार पाँच सय नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा एक्सेल बैंकका ४५ वटा शाखाका कर्मचारीहरुको ९ वटा टीमले भाग लिएका थिए ।
![](https://pratidindaily.com/wp-content/uploads/2023/09/379317567_1792710361186286_5720583676934361100_n-1024x537.jpg)