भद्रपुर, असोज ५ । नेपाल पूर्व प्रहरी संगठन भद्रपुर नगर समितिको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

भद्रपुर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मनोज सुब्बाको प्रमुख आतिथ्यतामा शुक्रबार सम्पन्न सभामा संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समितिका अध्यक्ष ढाकालाल अधिकारीले समितिले अहिलेसम्म गरेका काम र भावी कार्यक्रमका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख , प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले संगठनका सदस्यहरुलाई जिल्लाको शान्ति सुरक्षामा सक्रिय भएर सूचनाको स्रोतको रुपमा काम गर्न आग्रह गरे ।

कार्यक्रममा प्रहरी उपरीक्षक रेग्मीलाई स्वागतसहित ढाका टोपी पहिर्याएर सम्मान गरिएको थियो भने जेष्ठ सदस्य कालीप्रसाद घिमिरे, एकल जेष्ठ सदस्य टिकादेवी पौडेल र द्वन्द्वपीडित ज्ञानुमाया गिरीलाई समेत सम्मान गरिएको थियो ।

अधिकारीको अध्यक्षतामा सम्पन्न सभामा प्रमुख अतिथि सुब्बा, संगठन झापा अध्यक्ष खड्गबहादुर खड्का , भुतपूर्व सैनिक संघ झापाका सदस्य खड्गबहादुर बुढाथोकी , संगठन कोशी प्रदेश सचिव देवीभक्त आचार्य,संगठनका मेचीनगर अध्यक्ष अमिन अलि शेख,निवृत्त राष्ट्रसेवक समाज भद्रपुरका अध्यक्ष मुक्तिनाथ दाहाललगायतले मन्तव्य राखेका थिए ।समितिका सचिव केदारबहादुर अधिकारीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य रमा अधिकारी चुडालले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्