झापा, असोज ५। हल्दिवारी गाउँपालिका वडा नम्बर १ साविक गोलधाप ३ का एक युवकको रोजगारीको सिलसिलामा साउदी अरब पुगेको हप्ता दिनमै निधन भएको छ ।

विष्णु रिमालका जेठा छोरा २१ वर्षिय बिजय रिमालको साउदी पुगेको हप्ता दिन नबित्दै बिरामीका कारण निधन भएको छिमेकी इन्द्र कार्कीले जानकारी दिएका छन् ।

गत भदौको पहिलो साता रोजगारीका लागि साउदी गएका उनको भदौ १५ गते अचानक निधन भएको परिवारले जनाएको छ ।कोरोनाको बुस्टर डोज लगाएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको र उपचारका क्रममा निधन भएको बताइएको छ । उनको शव आज काठमाडौं आइपुगेको र राति १ बजेसम्ममा गोलधाप ल्याईपुर्याउने जनाईएको छ । परिवारजनका अनुसार भोलि बिहान १० बजे कन्काई नदीमा उनको पार्थिव शरीरको अन्त्येष्टि गरिने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्