झापा,असोज ५ । नेपाल क्रिकेट संघ (क्यान)को निर्वाचनका लागि झापाबाट गएका प्रतिनिधि लाक्पा लामामाथि दुर्व्यवहार भएको छ ।

क्यानका अध्यक्ष अध्यक्ष चतुरबहादर चन्दलगायतको समूहले लामामाथि दुर्व्यवहार गरेको बताइएको छ । लामालाई बन्दसत्रबाट निकालिएको हो । लामालाई क्यानको बन्दसत्रबाट निकालिएपछि उनले आपत्ति जनाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति चुनावका लागि प्रतिनिधि पठाउने विषयमा झापामा विवाद भएको थियो । झापा जिल्ला क्रिकेट संघबाट एकजना मात्र प्रतिनिधि केन्द्रीय निर्वाचनमा पठाउने प्राबधान रहेको र आकांक्षी दुईजना देखिएपछि विवाद भएको थियो ।झापाबाट केन्द्रमा प्रतिनिधि जान कार्यसमितिका सचिव लाक्पा लामा र सदस्य मनोज कटवाल आकांक्षी थिए । दुवैजना पछि नहटेपछि कार्यसमितिमा चुनाव नै भएको थियो ।

झापाको १५ सदस्यीय कार्यसमितिमा भएको चुनावमा मनोजको पक्षमा १३ र लाक्पाको पक्षमा दुई मत प्राप्त भएको थियो ।
तर, अध्यक्ष प्रविन थापा र सचिव लाक्पाले एकपक्षीय ढंगले निर्णय गर्दै लाक्पालाई केन्द्रीय प्रतिनिधि पठाउने चिठी क्यानमा पठाएको बताइएको छ ।सोही विवादका कारण लामाले अधिवेशनमा भाग लिन नपाएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्