झापा, असोज ६ । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित बिर्तामोड र मेचीनगरका तीन युवा पक्राउ परेका छन् ।

हिजो दिउँसो २.३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.६ स्थित पुरानो मेची पुलमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बिर्तामोड नगरपालिका वडा नं.३ बिर्ताबजार बस्ने २४ वर्षिय उत्सब चौधरीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

त्यस्तै हिजै दिउँसो ३ बजेको समयमा सोही स्थानमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मेचीनगर नगरपालिका वडा नं. ९ बस्ने २० वर्षिय निर्दोष डाँगीलाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनकै साथी सोही ठाउँ बस्ने २७ वर्षिय साजन राजवंशीसमेत संलग्न रहेको खुलेपछि खोजतलास गर्ने क्रममा काँकरभिट्टा बजारमा फेला पारी चेकजाँच गर्दा उनको साथबाट समेत ९०० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।

तीनै जनालाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्