झापा , असोज ६ । झापाका घनेन्द्र सुबेदी नेपाल प्रस्थान गरेका छन् ।

फ्लाई दुबई एयरलाइन्सको उडानबाट उनी एउटै कम्पनीमा कार्यरत भाइ श्याम सुवेदीसँग घर हिडेका हुन् ।घर पठाउन अल अरीध कम्पनीले टिकटसहित २० वर्षको हिसाब किताब गरी ४४ हजार साउदी रियल उपलब्ध गराएको थियो ।

अस्वस्थताका कारण काम गर्न असमर्थ भएका कारण कम्पनीले उनलाई विदा गरेको हो । झापाली समाज साउदी अरेबियाका अध्यक्ष राजेन्द्र थापा, सहसचिव राजु बराल र कम्पनीका सहकर्मीले विमानस्थलमा गई उनको विदाई गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् ।

केही दिनअघि रियादबाट बेपत्ता झापा दमक–९ का सुबेदीको झापाली समाज साउदीका अध्यक्ष थापा र सहकोषाध्यक्ष सुजन घिमिरको सक्रियतामा सकुशल उद्दार गरिएको थियो । उद्दार कार्यमा सहयोग गर्ने सबैमा झापाली समाजले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्