झापा,असोज ७ । इलामको माई नगरपालिका– ४ स्थित लखन चौकबाट लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।

हिजो दिउँसो ३.४५ बजे अबैध लागूऔषध बोकेर आउँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी दानावारीबाट प्रहरी नायव निरीक्षक बलदेव सुवेदीको कमाण्डमा प्रहरी टोली खटिएर शंकास्पद रुपले हिड्दै आईरहेका माई नगरपालिका– ४ शुक्रबारेबजार बस्ने २४ वर्षीय चिरञ्जीवी बस्नेतलाई ब्राउनसुगरसहित पक्राउ गरेको हो । रोकेर चेकजाँच गर्दा उनको साथबाट ४ ग्राम ब्राउनसुगर फेला परेको थियो ।

पक्राउ परेका बस्नेतलाई नियन्त्रणमा लिई प्रहरी चौकी दानाबारीमा राखिएको र कानूनी कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय इलाम ल्याउँदै गरेको डीएसपी प्रकाश जवेगुले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्