झापा,असोज७।नेपाल क्रिकेट संघले एसियाली खेलकुदमा भाग लिन चीन जाने क्रिकेट खेलाडीहरूको बिदाइ गरेको छ। आइतबार बिहान काठमाडौंमा एक समारोहमा नवनिर्वाचित नेपाल क्रिकेट संघ क्यानका पदाधिकारीहरूले क्रिकेट खेलाडी टोलीको बिदाइ गरेका हुन् ।नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतका पदाधिकारीले चीन जाने खेलाडीहरूलाई बिदाइ गरेका थिए। खड्काले खेलजीवनबाट बिदा लिनुपछाडि क्यानको नेतृत्वमा आउने चाहना नै मुल कारण मानिएको थियो। नेपाली क्रिकेट टोलीको क्यापटेन रहँदा आफू बिदाई हुने खड्का शनिबार क्यानको केन्द्रीय सचिवमा निर्वाचित भएसँगै राष्ट्रिय टीमका सदस्यलाई बिदाइ गरेका हुन्।काठमाडौं जिल्ला अदालतमा सन्दीप लामिछानेविरूद्धको मुद्दाको सुनुवाइको पेशी आज परेकाले उनी बिदाई कार्यक्रममा सहभागी भएनन्। क्यानका अनुसार आज उनको मुद्दा सुनुवाई भएर सफाई भए वा पेशको मिति सरेको खण्डमा मंगलबारभित्र चीन जानेछन्। नेपाली क्रिकेट टोली आज दिँउँसो चाइना एअरलाइन्सको उडानमार्फत हाङ्झाओ जानेछन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्