बिर्तामोड,असोज ७ । अध्ययनसंगै समाजमा रचनात्मक कार्य गर्दै आएको झापा बिर्तामोडको आदर्श स्कुल अफ म्यानेजमेन्टले “आदर्श चिन्तन” मार्फत विशेष कार्यक्रम गरेको छ ।

छात्राहरुको क्षमता , ब्यक्तिगत विकास ,बोल्ने हिड्ने शैली, आत्मबिश्वास ,महिला सशक्तिकरणजस्ता विषयमा नेपालकै चर्चित कार्यक्रम प्रस्तोता तथा सन् २००५ की मिस नेपाल सुगारिका केसीले सहजीकरण गरेकी थिइन् । कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी केसीले महिलाहरुले आफूसंग भएको जुनसुकै क्षमतालाई अवसरको रुपमा लिनुपर्ने बताइन् ।

कलेजकी एकाडेमिक कोअर्डिनेटर बिजया भण्डारीको अध्यक्षतामा भएको आदर्श चिन्तन कार्यक्रममा कलेजकी बेकरी बिभाग प्रमुख अनुसा ढकाल खरेलले स्वागत मन्तव्यसहित औचित्यबारे प्रकाश पारेकी थिइन् ।

कार्यक्रमको संचालन कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख दीपक दासले गरेको कलेजका एभेन्ट म्यानेजर किरण बस्नेतले जानकारी दिए । कार्यक्रममा सुरुवाती कोठा नेपाल,आदर्श ब्याङ्केट, पाटा स्टुडेन्ट च्याप्टरलगायतको सहकार्य रहेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्